|

चितवन : भरतपुर महानगरपालिका-४ शिवघाटमा रहेको एभरेष्ट कलर प्रालिमा बुधबार बिहान आगलागी हुँदा साँढे ५ करोडको क्षति भएको छ।

बिहान ७ बजे विद्युत् सर्ट भएर सल्किएको आयो १०ः३० बजे नियन्त्रणमा आएको चितवन प्रहरीले जनाएको छ। आगो निभाउन कावासोती र हेटौँडाबाट समेत दमकल मगाइएको थियो।

आगलागीबाट भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ। यस्तै, रङ बनाउने कच्चापदार्थ, प्याकिङ गर्ने र रङ बनाउने ११ वटा मेसिन जलेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार पाँच करोड ५० लाखको क्षति भएको र अहिले विवरण संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार भरतपुर महानगरपालिका, कावासोती नगरपालिका र हेटौँडाको तीनवटा दमकलले आगो नियन्त्रण गरेको थियो।

आगो निभाउन जिल्ला सशस्त्र र जनपद  प्रहरी, जुनियर अधिकृत शिक्षालय भरतपुरका प्रहरी र स्थानीय आगो नियन्त्रणको खटिएका थिए। रंङ बलेकाले आगो नियन्त्रणमा कठिनाइ भएको उनले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.