|

गोरखा : गोरखाको आकाशमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ। गोरखा नगरपालिकाको सहयोग रोट्रयाक्ट क्लब अफ गोरखाको संयोजनमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन सुरु गरिएको निवर्तमान अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए। 

प्याराग्लाइडिङ गोरखा सदरमुकामको सतिपिपल डाँडाबाट परीक्षण गरिएको हो। परीक्षणका लागि बाबु एड्भेन्चर प्रालि पोखराका चार जना प्याराग्लाइडरहरुले उडान भरेका छन्।  परीक्षण चार दिन चल्ने छ। गोरखा नगरपालिकाले गोरखाको पर्यटन विकासमा टेवा पुग्ने भन्दै प्याराग्लाइडिङ उडान सुरु गर्न लागेको जनाएको छ। 

‘प्याराग्लाइडिङसँगै  रक क्लाइबिङ, क्यानोनिङ, र र्‍याफ्टिङ परीक्षण गरिरहेका छौँ', गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘गोरखा दरबार, संग्राहलय लगायतका ठाउँ हेर्न, घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप एक दुई दिन गोरखामै राख्न हामीले यस्ता गतिविधि गरिरहेका छौँ।’

हेर्नुहोस् फोटो–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.