|

डोल्पा : यहाँको त्रिपुरा सुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटका स्थानीयलाई पुस्तौदेखि खोलाको दूषित पानी पिउनु पर्ने बाध्यता हटेको छ। पंचवर्षीय योजनाको रूपमा काम सुरु गरिएको बुराउँसे खोला खानेपानी आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि त्रिपुराकोटका एकसय घर धुरीले पुस्तौँदेखि दूषित पानी पिउनुपर्ने बाध्यताबाट छुट्करा पाएका हुन्। 

वैशाख १ गतेदेखि त्रिपुराकोटका एकसय घरमा स्वच्छ खानेपानी आपूर्ति हुँदै आएको छ। बुराउँसे खोला खानीपानी आयोजना श्रमदान र अनुदान गरेर साठीलाख रकममा निर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष पुरीप्रसाद हमालले बताए।

‘वर्षौंदेखि सिधैँ खोलाको पानी पिउनुपर्ने बाध्यता थियो, अहिले नौ हजार मिटर टाढा बुराउँसे खोलाको स्वच्छ खानेपानी वडा नं १ का सबै घरमा आपुर्ति हुन्छ’, त्रिपुरासुन्दरी १ का स्थानीय दीलिप गिरीले भने। योभन्दा अगाडि खोलाबाट आएको बालुवायुक्त दूषित पानी प्रयोग गरेकै कारण गाउँमा टाईफाईड, झाडापखाला, रुघाखोकी, आँउका बिरामी धेरै हुने गरेको उनले बताए।

‘बर्षातको समयमा खोलाबाट फोहोर पानी आउँदा ठूलो समस्या हुन्थ्यो, सफा पानीको खोजीमा घण्टौ लगाएर मुलको खोजीगर्दै वनतिर जानुपर्ने बाध्यता थियो, अहिले घरमै चौबिसै घण्टा स्वच्छ पानी आउँछ, नियमित सरसफाई गर्न पनि सजलो भएको छ’, त्रिपुराकोट गल्लीका स्थानीय भैरम शाहीले भने।

नौ हजार मिटर टाढाबाट बीच–बीचमा कडा चट्टानहरू कटान गर्दै पाइपलाइन बिस्तार गरेर खानेपानी आपूर्ति गरिएको स्थानीय शाहीले बताए। निर्माण समितिको कडा मिहेनतबाट त्रिपुराकोटबासीको पुस्तौदेखिको दूषित पानी पिउनुपर्ने बाध्यताबाट छुट्करा पाउनुका साथै जिल्लामै नमुना योजनाको रूपमा काम सम्पन्न गर्न सफल भएको अध्यक्ष हमालले बताए

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.