छुटाइयो मंगलसेन दरबारमा ढिलासुस्ति गर्नेको नाम

|

अछाम : जिल्ला प्रशासन कार्यालयले सम्झौताअनुसार समयमा काम पूरा नगर्ने १० निर्माण कम्पनीको विवरण गृह मन्त्रालयमा पठाए पनि अछाम दरबार पुनर्निर्माणको ठेकेदारको विवरण भने पठाएको छैन।

०६७ मा सम्पन्न गरिसक्ने ०६५ असार २४ बाट दरबार पुनर्निर्माणको काम सुरु गरिएको थियो। तर, अहिलेसम्म आधा मात्रै काम भएको छ। दरबार पुनर्निर्माणको ठेक्का सुरुमा राजेन्द्र, साउद, तुल्छीदुर्गा, बडीमालिका र कुँवर गरी पाँच निर्माण कम्पनीले लिएको थियो। तर, कुँवर कम्पनीका सञ्चालक मीनबहादुर कुँवरका नाममा अख्तियारी आएपछि काम गर्न नसक्दा अरू निर्माण कम्पनी केही रकम लिएर बाहिरीएका थिए।

यसपछि राजेन्द्र र साउद कन्स्ट्रक्सनले ठेक्काको जिम्मेवारी लिएको छ। दुई करोड २५ लाख ७३ हजार ६४५ रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौताअनुुसार कम्पनीले हालसम्म  ९० लाख रुपैयाँ लिइसकेको छ। उक्त रकम लिए पनि काठ अभावका कारण निर्माण कार्य अगाडि बढाउन नसकेको साउद कन्स्ट्रक्सनका जयबहादुर साउदले बताए।

अछामका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार आचार्यका अनुसार दरबार निर्माण सम्झौताको म्याद असारमसान्तसम्म भएकाल विवरण नपठाइएको बताउँछन्। प्रमुख जिल्ला अधिकारीले सम्झौतालाई कारण देखाए पनी  निर्माणकोे जिम्मा लिएको कम्पनीको विवरण शहरी तथा भवन निर्माण कार्यालय दिपायलबाट आउन ढिलाई भएकाले गृह मन्त्रालयमा नपठाइएको जिल्ला प्रशासनका कर्मचारीहरु बताउँछन्।

यी हुन् काम नगर्ने ठेकेदार र कम्पनी

गृह मन्त्रालयमा पठाइएका १० ठेकेदार कम्पनीमध्ये आठ वटा कम्पनीले सडकको र दुई वटाले पुल निर्माणको जिम्मा लिएका छन्।

जयश्री वैद्यनाथ कन्स्ट्रक्सन : साँफे–चौखुट्ट–मंगलसेन–मार्तडी सडक निर्माण।
एसएच कन्स्ट्रक्सन : साँफे–चौखुट्टे–मंगलसेन सडक निर्माण।
केएम निर्माण सेवा : साँफे हाटबजार सडक निर्माण।
न्यू कालभैरव कन्स्ट्रक्सन : साँफेबगर–मंगलसेन सडक मर्मत। 
डीआर निर्माण सेवा : चौखुट्टे–साँफे सडक मर्मत र साँफे–मार्तडी सडक मर्मत।
दिल कन्स्ट्रक्सन : जयगढ–रामारोशन सडक र मंगलसेन–जुपु–कालागाउँ–रामारोशन सडक निर्माण।
एनके/नन्देगडा/तुल्सी/दुर्गा (संयुक्त) : चित्रे–बुढीगंगा पुल निर्माण।
राजेन्द्र स्वार र साँउद कम्पनी : विराबगर बुढीगंगा पुल निर्माण।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.