|

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले परम्परागत हिन्दुवादी सोँचले देशको विकास नहुने बताए। नेपालको संस्कृतिका कारणले विकास हुन नसकेको समेत उनले बताए। रातोपाटी डटकमको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै भट्टराईले देशको विकासका लागि भूराजनीतिको व्यवस्थापन र हिन्दुवादी सोचको अन्त्य हुनुपर्ने बाए। भारत र चीनको बीचमा रहेको नेपालले भूराजनीतिको विषयलाई सम्बोधन गर्नुपर्ने बताए। साथै उनले नेपालीहरुको संकृति काम गर्ने नरहेकोले काम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए। हाल देशमा स्थिर सरकारको सम्भावना देखिएकोले अब दोहोरो अंकको आर्थिक बृद्धिदर हुनुपर्ने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.