|

स्पेनिस टेनिस स्टार राफेल नाडालले ११ औं पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। फ्रान्सको पेरिसमा भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिइमलाई ३-० को सोझो सेटमा पराजित गर्दे क्ले कोर्टक बादशाह नाडालले १७ औं ग्रान्डसलाम उपाधि कब्जा जमाए।

पहिलो पटक ग्रान्डसलामको फाइनल खेलेका थिइमलाई नाडालले ६–४, ६–३ र ६–२ को सेटमा पराजित गर्दे सहज जित निकाले। २००५ यता ग्राण्डस्लाममा निरन्तर जित निकाल्दै आएका नाडाल पछिल्लो पटक भने लामो समय इन्जुरी समस्याबाट ग्रसित भएका थिए। नाडल सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छन। शीर्ष स्थानमा रहेका स्वीस स्टार रोजर फेडेररको नाममा २० वटा ग्राण्डस्लाम उपाधि छ।

नाडालले जितेको कुल १७ ग्राण्डस्लाममा ११ फ्रेन्च ओपन छ भने १ अष्ट्रेलियन ओपन, २ विम्बल्डन र ३ युएस ओपन रहेको छ । जितपछि उनले आफ्नो ११ औं फ्रेन्च ओपन जित्ने सपना पुरा भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.