|

हेटौँडा : हेटौँडा– ७ नागस्वतीमा रहेको भुटनदेवी बेकरी उद्योगमा आगलागी हुँदा ७५ लाख रूपैयाँको क्षति भएको छ। 

उद्योगमा सोमबार दिउँसो अचानक आगलागी भएको थियो। आगलागीबाट तयारी अवस्थामा रहेका उत्पादन, कच्चा पदार्थ, भौतिक संरचना, मेसिन सबै नष्ट भएका छन्। स्थानीय हरिगोपाल सापकोटाले संचालन गर्दै आएको उक्त उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

वर्षासहित परेको चट्याङका कारण विद्युत सर्ट भएको प्रारम्भिक अनुमान छ।

आगलागीको खबर पाएलगतै पुगेको हेटौँडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.