|

धनकुटा : धनकुटा नगरपालिकाले अनुदानमा कृषकलाई सात वटा हाते ट्याक्टर (मिनी टिलर) वितरण गरेको छ। 

व्यावसायिक कृषि प्रणालीको सुरुवात गर्न नगरपालिकाले मिनी टिलर अनुदानमा उपलब्ध गराएको छ। नगरपालिकाले ८३ प्रतिशत अनुदानमा नगरका विभिन्न सात वटा कृषि समूहलाई ७३ हजार मूल्य पर्ने पाँच लाख ११ हजार रुपैयाँ बराबरको मिनी टिलर वितरण गरिएको नगर प्रमुख चिन्तन तामाङले बताए।

सोमबार धनकुटा नगरपालिका कार्यालयमा नगरका किसानको समूहलाई बोलाएर व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न किसानलाई मिनीटिलर अनुदानमा उपलब्ध गराएको जनाइएको छ। 

गोरुले जोतेर गरिने खेतीलाई विस्थापित गर्दै व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न आगामी पाँच वर्षभित्रमा गोरु पाल्ने किसानलाई मिनीटिलरबाट नै जोत्ने व्यवस्था गरिने नगरपालिकाका प्रमुख तामाङले बताए। 

धनकुटा नगरपालिकाले यस आर्थिक वर्षमा कृषि क्षेत्रमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर थप आधुनिक कृषि उपकरण वितरण गर्ने योजना रहेको प्रमुख तामाङले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.