|

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षसम्म सरकार परिवर्तन नहुने बताएका छन्। जनअपेक्षाअनुसार काम गर्दै सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्ने प्रचण्डले बताए।

उनले विकास निर्माणका काम जनअपेक्षाअनुसार गरिने बताएका हुन्। भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको मंगलबार अनावरण गर्दै प्रचण्डले भने, 'अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ।'

स्थानीयवासी शिवहरि तिमिल्सिना २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए। उनीहरूको नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.