समाज

मोटरसाइकल दुर्घटनामा नापी कार्यालयका कर्मचारीको मृत्यु
SHARES

जेठ ३१, २०७५

    सुनसरी : धरानमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा नापी कार्यालय, धरानका कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर–११ घर भई धरान नापी कार्यालयमा कार्यरत ३२ वर्षीय गुमानसिंह बस्नेत रहेको इलाका प्रहरी कार्यलय धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए।

    बुधबार राति ८ बजेतिर धरान–१२ छाताचोकमा बस्नेत सवार लु ३० प ३१०० नम्बरको मोटरसाइकल को २ त ५१४० नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

    ट्याक्टरका चालकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]