|

हेटौँडा : प्रदेश ३ सरकारले कृषिमा आयकर लगाउन लागेको भन्दै बिहीबार नेपाली कांग्रेसका दुई प्रदेशसभा सदस्यले संशोधन दर्ता गराएका छन्। प्रदेशसभा बैठकमा बुधबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको ‘कर तथा गैरकर राजस्व लगाउने र उठाउनेसम्बन्धी विधेयक’मा कृषि आयमा कर लगाउने भनिएकोमा उनीहरूले संशोधन दर्ता गरेका हुन्।

संशोधन दर्ता गर्नेमा कांग्रेसका सचेतक छिरिङ दोर्जे लामा र प्रदेशसभा सदस्य प्रभात लामा रहेका छन्। उनीहरूले विधेयकमा कृषिमा आयकर लगाउनेसम्बन्धी दफा १३ र उपदफा एकदेखि चारसम्म हटाउन माग गरेका छन्।

प्रदेशसभामा पेश भएको विधेयकमा ‘कृषि आयमा कर लगाउन सकिनेछ’ भनिएको छ।यसको स्पष्टीकरणमा ‘कृषि आय भन्नाले धान, गहुँ, कोदो, फापर, मकै, फलफुल, तरकारी, आलु, मासुजन्य पदार्थ, माछा, दूध, तेल्हन जस्ता अन्य खाद्य वस्तुको उत्पादनको बिक्रीबाट हुने आयलाई सम्झनु पर्दछ’ भनिएको छ।

कृषि आयमा कर लगाउँदा कृषि क्षेत्र धरासायी हुने र मूल्यबृद्धि हुने भएकाले यसको खारेजीको माग प्रदेशसभा सदस्यहरूले विधेयकमाथिको सैद्धान्तिक छलफलमा माग गरेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.