|

जनकपुरधाम : इस्लाम धर्मावलम्विहरूको महान पर्व इदउलफित्रको अवसरमा प्रदेश सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार साँझ बसेको प्रदेश-२ को मन्त्रिपरिषद्को बैठकले इद पर्वको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो।


प्रदेश प्रहरी विधेयक पारित

बैठकले प्रदेश प्रहरी विधेयकसमेत पारित गरेको छ। मन्त्रिपरिषद्ले प्रदेश प्रहरी विधेयकमा झण्डै एक महिना अगाडि सैद्धान्तिक सहमति भएको थियो। बिहीबारको बैठकले विधेयक पारित गरेपछि प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश हुने बाटो खुलेको हो।

संघीय सुरक्षा विज्ञ तथा स्थानीय सुरक्षा विज्ञहरूको टोलीबीच विभिन्न चरणमा छलफल गरी बनेको प्रदेश प्रहरी ऐनलाई बिहीबार मन्त्रिपरिषद्बारा पारित भएको हो। यो ऐन एक दुई दिनभित्रै प्रदेशसभामा पेस हुने कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

अन्य प्रदेशमा प्रदेश प्रहरी ऐन बनाउने योजनासमेत बन्न नसकेको बेला प्रदेश दुईले लगभग दुई महिना अगावै प्रदेश प्रहरी ऐन मन्त्रिपरिषद्बारा पारित भएको छ।प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन पास हुने बित्तिकै प्रदेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने बाटो खुल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.