|

विराटनगर : संगठित अपराध,महिला तथा बालबालिका बेचबिखन र फौजदारी अपराध नियन्त्रण कार्यान्वयन सम्बन्धमा आपसी सहयोग अभिवृद्धि गर्ने सम्बन्धकाे बैठक शुक्रबारदेखि बिराटनगरमा सुरु भएको छ। प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौँद्वारा आयोजित प्रभावकारी अनुसन्धान तथा अभियोजनको लागि प्रहरी र सरकारी वकिलहरूको प्रदेश १ र २ को प्रादेशिक सम्मेलन शुक्रबारदेखि सुरु भएको हाे।

सो अवसरमा पूर्व नायब महान्यायधिवक्ता एवं वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकले सम्मेलनको उद्घाटन गर्दै सरकारी वकिल र प्रहरी एउट सिक्काको दुई पाटो भएको भन्दै अपराध न्यूनीकरण अभियानमा यी दुईको प्रभावकारी कार्यान्वयन हुने गरेको बताए। सह-न्यायाधिवक्ता उद्धवकृष्ण पुडासैनीको सभापतित्वमा भएको उक्त कार्यक्रममा  प्रदेश २ र दुईका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल र दिनेश अमात्य, अपराध अनुसन्धान विभाग काठमाडौंका प्रमुख प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातले अपराध अनुसन्धानको क्रममा मानवअधिकारको रक्षा गरी अधिकतम स्रोत साधनको प्रयोग गर्नुपर्नेमा तथा पीडितको न्यायमा पहुँच पुयाउनुपर्नेमा जोड दिए।

दुईदिने सम्मेलनमा  प्रदेश १ र २ का प्रहरी प्रमुख,अपराध अनुसन्धान कार्यालयमा खटिने जिल्लाका प्रहरी प्रमुख, विभिन्न जिल्लाका सरकारी वकिल र अञ्चल र जिल्ला अस्पतालका चिकित्सकको सहभागिता गरी १५० जनाको सहभागिता रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.