|

धनकुटा : करिब ५५ लाख रुपैयाँ सहकारी रकम हिनामिना गरी फरार रहेका धनकुटा नगरपालिका ७ को सहयात्री कृषि समूहका अध्यक्ष तिलकबहादुर यस्माली मगर पक्राउ परेका छन्। सहयात्री कृषि समूहको करिब ५५ लाख रुपैयाँ हिनामिना गरी फरार भएका यस्मालीलाई धनकुटा प्रहरीले पक्राउ गरेको हो।

सहकारीको रकम हिनामिना गरी २०७४ असार ८ गतेबाट फरार यस्मालीलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले २०७४ असार २१ गते खोजीका लागि पत्र पठाएको थियाे। सोही पत्र बमोजिम पक्राउ गरिएको धनकुटा प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

पक्राउ परेका यस्मालीलाई जिल्ला प्रशाशन कार्यालय धनकुटामा बुझाई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.