|

काठमाडौं : अहिले गाउँदेखि शहरसम्म विश्वकपकै चर्चा छ। रसियामा भइरहेको विश्वकपको ज्वरोले नेपाललाई पनि तताएको छ। नेपाली टोली विश्वकपमा पुग्न नसके पनि अन्य देशलाई समर्थन गरेर भए पनि नेपाली विश्वकपको पर्वबाट अछुतो छैन।

नेपाली खेलप्रमिले अहिले भइरेको खेललाई हेरेर आफूले समर्थन गरेको टोलीले जित्ने दाबी गरिरहँदा नेपालमा भने एउटा राम्रो खेलमैदानसमेत छैन। भएको दशरथ रंगशाला पनि जीर्ण छ। यसको जीर्णोद्धार कार्य ढिलाइ हुँदा नेपालका खेलाडीहरू पनि समस्यामा छन्।  यही समस्याका बीच विश्वकपले नेपाली फुटबल टोलीहरूलाई पनि एउटा उत्साह जगाएको छ। त्यहाँबाट अझ नयाँ कुरा उनीहरूले सिक्नसक्छन्। 

विश्वकपलाई सबैले आआफ्नै तरिकाबाट विश्लेषण गरिरहेका बेला नेपाली फुटबल क्षेत्रका प्रशिक्षकले कसरी हेरिरहेका छन्? उनीहरूले कुन टोलीलाई समर्थन गरिरहेका छन्? अझ यो पटकको विश्वकपबाट नेपालले सिक्न सक्ने विषयलाई समटेर नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक तथा पूर्वकप्तानलाई हामीले सोधेका छौँ।

ध्रुव केसी

नेपाली फुटबल टोलीका पूर्वप्रशिक्षक ध्रुव केसी यसपटकको विश्वकपमा ब्राजिल, जर्मनी, फ्रान्स, स्पेन, अर्जेन्टिना, इङ्ल्याण्ड, पोर्चुगलमध्ये कुनै एकले जित्न सक्ने बताउँछन्। विगतका इतिहास र अहिले भइरहेका केही खेल हेर्दा यी टिमको सम्भावना रहेको उनी बताउँछन्। 

विश्वकपमा ब्राजिलको पनि राम्रै सम्भावना रहेको उनको बुझाइ छ। तर ब्राजिल अलिक आतिएर खेल्ने उनको विश्लेषण छ। भन्छन्, ‘लिग चरणका खेलहरू हेर्दा पनि ब्राजिलको खेल राम्रो देखिन्छ। यो टोली नराम्रो होइन। तर उसका विरुद्ध कसैले गोल गर्‍यो भने ब्राजिल आत्तिन्छ। उसलाई लयमा फर्कन निक्कै समय लाग्छ।’ 
लिग चरण सकिएपछि कसले जित्छ भनेर विश्लेषण गर्न सहज हुने उनी बताउँछन्। 

प्रशिक्षक केसीको समर्थनमा खासै कुनै टिम छैन। तर उनी स्पेन, जर्मनी र अर्जेनटिनाको खेल मन पराउँछन्। जर्मनीको गोल्डकिपरदेखि फर्वाडसम्म राम्रो भएका कारण जर्मनी मन पर्ने उनी बताउँछन्। भन्छन्, ‘जर्मनीको गोलकिपर देखि फर्वाडसम्म राम्रो छ। यो टोलीले जसलाई पनि डुबाउन सक्छ।’ यस्तै अर्जेनटिनाको राम्रो मुभ भएका कारण अर्जेनटिनाको सम्भावना राम्रो रहेको उनी बताउँछन्।

भन्छन्, ‘उसले बल निकाले र पास खेल्ने टिम हो। खेल राम्रो छ। जित्न सक्छ। उसको आक्रमण गरेर खेल्ने खेल पनि राम्रो छ।’ स्पेनको पनि खेल्ने शैली यही रहेको उनी बताउँछन्। बललाई ओपन गरेर खेल खेल्ने स्पेनको पनि सभवना राम्रै रहेको उनी बताउँछन्। 

यस्तै, पहिलो खेल हेर्दा रसियाको पनि राम्रो सम्भावना रहेको उनी बताउँछन्। अक्रमक र रक्षत्मक दुवै शैली अपनाएका कारण रसियाको पछिटल्लो समयको खेल राम्रो भएको उनी बताउँछन्। 

राजु शाक्य

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा पूर्वप्रशिक्षक राजु शाक्य खेल बुझेदेखि नै ब्राजिललाई समर्थन गर्दै आएका छन्। ब्राजिलमा राम्रा खेलाडी भएका कारण उनी यही देशको सर्थन गर्दै आएका छन्। उनी भन्छन्,‘हार जीत त खेलमा हुन्छ। तर ब्राजिलमा एक सय एक खेलाडी छन्।’
यसपटकको विश्व विजेताको आफ्नो सूचीमा पनि उनले ब्राजिलाई राखेका छन्। भन्छन्,‘मैले समर्थन गरेको टोली भनेर मात्र होइन उसको खेल हेरेर पनि यो टोली यसपटक विश्व विजेताको सूचीमा राखेको छु।’

ब्राजिलसँगै अर्जेनटिना, जर्मनी, स्पेन, फ्रान्सलगायतका टोलीनै विश्व विजेता बन्न सक्ने उनको बुझाइ छ । भन्छन्,‘इतिहास र अखेल हेर्दा यी टिमनै घुमिफेरि विश्वविजेता बन्ने हुन्। यस्तै, पछिल्लो समय बेल्जियमको पनि राम्रो छ।’ विश्वकपबाट नेपाली फुटबल क्षेत्रमा नयाँ शैली पनि सिक्न सकिने बताउँछन्।

न्छन्,‘अहिलेको फुटबल पहिलाको जस्तो छैन। धेरै परिवर्तन आएको छ। यहाँबाट हामीले खेल शैली, ट्याक्टिस सिक्नुपर्छ। कसरी डिफेन्स गर्न सकिन्छ, कसरी तोड्न सकिन्छ यसलाई हामीले ख्याल गर्नुपर्छ।’ 

बालगोपाल मर्हजन

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा पूर्वप्रशिक्षक बालगोपाल श्रेष्ठ यस वर्षदेखि आफ्नो समर्थनको टिम फेर्दै छन्। सधैँ जर्मनलाई समर्थन गर्दै आएका श्रेष्ठ यसपटकबाट अर्जेनटिनलाई समर्थन गर्दै छन्। 

तर उनी जर्मनप्रति भावनात्मक रूपमा नजिक छन्। भन्छन्,‘जर्मनको खेल मनपर्छ। म जर्मनसँग भावनात्मक रूपमा नजिक छु। हामीले त्यहाँक कोचसँग सहकार्य पनि गरेका छोँ। फुटबलमा लाग्न उत्प्रेरक पनि जर्मन हो।’ 

तर युरोपेली मुलुकका फुटबल क्बललाई लिग चरणको खेलमा माथि पुर्‍याउन महत्वपूर्ण योगदान गरेका खेलाडी अर्जेनटिनामा भएकाले यसपटक उनी अर्जेनटिनलाई समर्थन गर्दै छन्। भन्छन्,‘ युरोपेली क्लबलाई माथि पुर्‍याउन योगदान गर्ने खेलाडीहरू अर्जेनटिनामा छन्।

उनीहरूले राम्रो प्रदर्शन गर्छन्। त्यहाँबाट हामीले केही सिक्न सकिन्छ।’ अर्जेनटिनाको गोलरक्षकदेखि फर्वाडसम्म सबै राम्रा खेलाडी भएका कारण यसपटकदेखि अर्जेनटिनलाई समर्थन गरेको बताउँछन्। 

विश्वकपबाट नेपाली प्रशिक्षकले नयाँ शैली, नयाँ फम्र्याट सिक्नसक्ने उनी बताउँछन्। यस्तै खेलाडीले आफ्नो पोजिसन कसरी राख्ने, कसरी सफलता प्राप्त गर्छन् त्यो हेरेर सिक्न सक्ने बताए। यसपटक जर्मन, अर्जेनटिना, स्पेन, ब्राजिल, फ्रान्सलगायतका देशमध्ये एक विश्वविजेता बन्ने उनी बताउँछन्। 

उपेन्द्रमान सिंह 

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा गोल रक्षक उपेन्द्रमान सिंह सधैँ जर्मनीलाई समर्थन गर्दै आएका छन्। लामो समयदेखि उनी जर्मनको समर्थकका रूपमा रहेका छन्। यसपटक जर्मन पनि विश्व विजेताको दाबेदार रहेको उनी बताउँछन्।

आफू जर्मनी प्रशिक्षकबाट उत्पादित खेलाडी भएका कारण पनि जर्मनको समर्थ गरेको उनी बताउँछन्। भन्छन्,‘म जर्मनबाट तालिम लिएर आएको भएका कारण पनि म जर्मनको समर्थक हुँ। जर्मनको उत्पादन नै भन्दा पनि हुँ। फेरि सन् २०११ म मैले त्यहीबाट प्रशिक्षकको तालिम लिएर पनि आएँ। त्यसकारण भावनात्मक सम्बन्ध जोडिएको छ।’ जर्मन युरोपेली मुलुककोे बलियो टोली भएको उनी बताउँछन्। उसमा राम्रो खेलको संस्कारका कारण विश्वविजेताको दावेदार रहेको बताउँछन्। उक्त टोलीको टिमक वर्क पनि राम्रो रहेको उनको भनाई छ। 

जर्मनी गोलरक्षक म्यानुएल नोयरका फ्यान हुन्। उनी पनि गोलरक्षक भएका कारण नोयलको हरेक टेक्निक मन पराउँछन्। उनका अनुसार यसपटकको विश्व विजेता ब्राजिल, जर्मनी, अर्जेनटिना, बेल्जियम, स्पेन, फ्रान्स लगायत देशमध्ये एक हुने छ।

नेपालमा राम्रो रंगशाला नभएका कारण अहिले नेपाली फुटबल प्रेमिलाई समस्या भएको उनी बताउँछन्। खेलले नै देशलाई विश्वसामु परिचित गर्न र आर्थिक रूपले सम्पन्न बनाउन सहयोग गर्ने भएकाले सरकारले विश्वकपबाट सिक्दै खेलतर्फ ध्यान दिनुपर्ने उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.