|

अफगानिस्तानमा आत्मघाती बम विस्फोटमा पारी २५ जनाको मृत्यु भएको छ। अफगानिस्तानमा तालिवान समूह, सुरक्षा बल र नागरिकहरूले अभूतपूर्व युद्धविरामको अनुभव गरिरहेका समय एक जना आत्मघाती आक्रमणकारीले शनिबार बम विष्फोट गराएो अफगानी अधिकारीले जनाएका छन्। 

घटनामा कम्तीमा ५४ जना घाइते भएका छन्। पूर्वी नानगाहर प्रान्तको रोदात जिल्लामा भएको घटनामा घाइते भएका सबैजनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। 

प्रान्तीय गभर्नरका प्रवक्ता अतुल्लाह खोग्यानीले घटनाको पुष्टि गरे। उनका अनुसार युद्धविरामका समय गराइएको आत्मघाती विस्फोटका कारण २५ जनाको मृत्यु भएको छ भने ५४ जनाभन्दा बढी घाइते भएका छन्। आक्रमणको जिम्मा इस्लामिक स्टेट अफ इराक (ईएसआईएल) लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.