|

स्विस नागरिक हिजोआज आफ्नो मुलुक ठूला उपाधि जित्न सक्षम छन् भन्ने सोचाइ राख्छन्। रुसको यात्रा तय गरेपछि यस्तो सोचाइ झनै बलियो बनेको छ। तर प्रशिक्षक भ्लादिमिर पेट्कोभिकको टोलीको लक्ष्य भने अन्तिम १६ सम्म स्थान बनाउनु हुनेछ। ‘मेरो टोलीमा अद्धितीय खेल भावना छ, जसले हामीलाई सफल बनाउने छ’, पेट्कोभिक भन्छन्।

खेललाई जुनसुकै अवस्थामा सम्हाल्नसक्ने ग्रानिट जाका टोलीका केन्द्र हुन्। त्यसमाथि छरिता जेर्डान साक्वीरी र स्टेभन जुबर पनि विजयी नतिजा दिलाउन सक्षम हुनेछन्। उनीहरूलाई फरवार्ड लाइनमा युभेन्टस्का स्टेफन लिस्टेनर तथा मिलानका रिकार्डो रोड्रिग्युजले साथ दिने छन्। यस्तै फाबियन स्कर र म्यानुअल अकान्जी बलिया सेन्टर डिफेन्स हुन्। टोली सेन्टर फरवार्ड भने केही कमजोर छ।

कसरी छनोट : युरोपेली समूह बि मा उपविजेता तथा प्लेअफमा उत्तरी आयरल्यान्डलाई हराउँदै । 
खेल्ने शैली : ४–५–१
स्टार खेलाडी : ग्रानिट जाका (आर्सनल)
पच्छाउनुपर्ने खेलाडी : डेनिस जाकरिया (बोरुसिया)
प्रशिक्षक : भ्लादिमिर पेट्कोभिक
उपाधिको सम्भावना : ६६–१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.