|

चार वर्षअघि विश्वकपको क्वार्टरफाइनलसम्म स्थान बनाउँदै तहल्का मचाएको कोस्टारिका यसपटक पनि सानका साथ छनोट भयो। पुराना प्रशिक्षक जर्ज लुइज पिन्टोले यसपटक उल्लेखनीय काम गर्न नसकेपछि ल्याइएका ओस्कार रामिरेजले दुई खेल बाँकी हुँदा नै कोन्काकाफबाट टोलीलाई छनोट गराए।

पिन्टो झै रामिरेज पनि ५–४–१ को शैली रुचाउँछन्। पछिल्लो विश्वकप झै क्वार्टरफाइनलसम्म पुग्न नसके पनि कोस्टारिकाले यसपटक पनि दोस्रो चरणसम्म स्थान बनाउने आशा गर्न सकिन्छ।

कसरी छनोट : कोन्काकाफ समूहमा उपविजेता । 
खेल्ने शैली : ५-४-१
स्टार खेलाडी : केलोर नभाज (रियल म्याड्रिड)
पच्छाउनुपर्ने खेलाडी : मार्को युरेना (सान जोस अर्थक्वेक)
प्रशिक्षक : ओस्कार रामिरेज
उपाधिको सम्भावना : ४००-१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.