|

बितेका सात वर्षमा सर्बिया पहिलोपटक ठूला प्रतियोगितामा छनोट भएको हो तर सानदार तरिकाले। छनोट चरणमा खेलेका १० खेलमा मात्र एउटा हार व्यहोरेको सर्बिया आफ्नो समूहमा रहेका युरो २०१६ मा सेमिफाइनलसम्म पुगेको वेल्स र गणतान्त्रिक आयरलयान्डलाई समेत पाखा लगाएको थियो।

तर त्यतिले नै प्रशिक्षक स्लाभोल्जुब मुस्लिमलाई पदमा टिकाउन पर्याप्त भएन। सर्बिया फुटबल संघका अध्यक्ष स्लाभिसा कोकेजासँग विवाद कै कारण ति ६४ वर्षीय प्रशिक्षकले जागिर छाड्नु प¥यो।

ति प्रशिक्षकको खेलाडी छनोट र खेलाउन शैलीमा अध्यक्ष सन्तुष्ट बन्न सकेनन् साथै मुस्लिमलाई पदबाट हटाउन स्टार मिडफिल्डर सर्जेज मिलिन्कोभिकको पनि हात रह्यो। जब म्लादेन स्टाजिक प्रशिक्षक चुनिए उनले तत्काल मिलिन्कोभिकलाई टोलीमा समावेस गरे। साथै नयाँ प्रशिक्षकको विश्वासमा उनी खरो पनि उत्रिए। छनोटपछिका मैत्रीपूर्ण खेलहरूमा उनको प्रदर्शन हेर्न लायक रह्यो।

कसरी छनोट : युरोपली समूह डि को विजेता । 
खेल्ने शैली : ३–४–३
स्टार खेलाडी : नेमान्जा माटिक (म्यानचेस्टर युनाइटेड)
पच्छाउनुपर्ने खेलाडी : सर्जेज मिलिन्कोभिक साभिक (लाजियो)
प्रशिक्षक L: म्लादेन स्टाजिक
उपाधिको सम्भावना : ४००–१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.