|

मेक्सिको विश्व कपमा छनोट हुन कुनै समस्या परेन तर प्रशिक्षक जुआँ कार्लोस ओसोरियो अहिले पनि द्विवधामा छन्। उनको टोली अहिले पनि सन्तुलित हुन सकिरहेको छैन। 

चिलीसँग ७–० र कन्फेडेरसन कपमा जर्मनीसँग ४–१ को हारले उनको टोली अपूर्ण छ भन्ने प्रट्याएको थियो। यद्यपि, ग्युलेर्मो ओचोआ, आन्द्रेज ग्वाडाडो , हेक्टर मोरेनो, हेक्टर हेरेरा तथा जाभियर हर्नान्डेज भने उत्कृष्ट लयमा छन्। प्रशिक्षक ओसारियो खेलशैलीमा व्यापक परिवर्तन गर्न माहिर छन्। त्यसैले उनको आगामी खेल कस्तो हुन्छ भनिहाल्न कठिन छ।

कसरी छनोट : कोन्काकाफ समूहको विजेता । 
खेल्ने शैली : ४–३–३
स्टार खेलाडी : जाभियर हर्नानडेज (वेस्ट हाम युनाइटेड)
पच्छाउनुपर्ने खेलाडी : हिर्विन लोजानो (पीएसभी इन्डहभन)
प्रशिक्षक : जुआँ कार्लोस आसोरियो
उपाधिको सम्भावना : ६६–१ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.