|

जनकपुरधाम : धनुषा जिल्लामा एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको संख्या करिब दोब्बरले वृद्धि भएको छ। ग्रामीण उद्यम तथा विप्रेषण आयोजना, जनकुपर करिडोर कार्यालय, महोत्तरीको अध्ययनले उक्त तथ्यांक देखाएको छ। 

उक्त कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा महोत्तरीका ३४ हजार २३५ जना वैदेशिक रोजगारीमा गएका छन्। आर्थिक वर्ष २०७२/०७३ मा १९ हजार ९७२ जना गएका थिए। 

वैदेशिक रोजगारीमा गएकाहरु सीप तथा ज्ञान अभाव आदि कारण उचित तलब नपाउने र काम छाडेर फर्किएर आउनुपर्ने अवस्था सिर्जना भएको आयोजना कार्यालयका संयोजक मोति गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.