समाज : सुरक्षा/अपराध

फेसबुकबाट युवती जिस्क्याउने पक्राउ
SHARES

असार ४, २०७५

    कंचनपुर : कंचनपुरमा सामाजिक संजाल फेसबुकमा नक्कली आइडी बनाई महिलालाई जिस्क्याउने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका– ६ का ३५ वर्षीय बब्लु गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। 

    गुरुङले फेसबुकमा पाँचवटा बढी युवतीहरूको नामबाट नक्कली आइडी बनाई महिलाहरूलाई फोन गरी अश्लील शब्दको प्रयोग गरी गाली गलौज गर्दै आएकामा पक्राउ गरी सार्वजनिक अपराधअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। 

    ‘युवतीहरूको मान मर्यादामा आँच आउने गरी फोटो बिगारेर अपलोड गर्नका लागि राखेको र मोबाइल फोनबाट ३० बढी महिलाहरूलाई गाली गलौज गर्ने गरेको पाइएको छ’, उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]