|

सुर्खेत : बजेट ल्याउँदा गम्भीर संवैधानिक त्रुटि भएको भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको आरोप स्वीकार गर्दै कर्णाली सरकारले त्रुटि सच्याइएको जनाएको छ। सुर्खेतको वीरेन्द्रनगरमा भएको बजेटसम्बन्धी एक कार्यक्रममा कर्णालीका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले संविधानको धारा २०७ उपधारा ७ बमोजिम सरकारबाट त्रुटि भएकोमा सरकारले आत्मआलोचना गर्दै त्रुटि सच्याइएको जानकारी दिए।

मन्त्री ज्वालाले सरकारले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, सामाजिक सुरक्षा, कृषि, अर्गानिक खेती र पर्यटन जस्ता क्षेत्र समेटेकाले सामान्यतय महत्वाकांक्षी देखिए पनि सरकारले अार्थिक अनुशासन र मितव्यायितालाई आत्मसाथ गर्ने गरी बजेट ल्याएको बताए। अहिले नै बजेटको विषयमा धेरै आलोचना गर्न जरुरी नरहेको समेत ज्वालाको भनाई छ।

बजेटमा महिला, दलित, पिछडावर्ग, समाजिक सुरक्षाका सवालमा बजेट कतिपय सन्दर्भमा वितरणमुखी बनाउँनु परेको समेत मन्त्री ज्वालाले स्पष्ट पारे। उनले केन्द्र सरकारसँग पाउनुपर्ने विशेष अनुदान एव‌ं ऋण समेत सरकारले माग गर्ने जानकारी दिए। मन्त्री ज्वालाले बजेट कार्यान्वयनमा केही चुनौतीहरू भए पनि विनियोजित बजेट सरकारले खर्च गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरे।

कार्यक्रममा नेपाली काग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आइतबारको प्रदेशसभा बैठक बजेटको विषयका कारण नभई संवैधानिक त्रुटिका कारण स्थगन भएको बताए। संविधान बमोजिम बजेट सार्वजनिक गर्नु पूर्व अघिल्लो वर्षको खर्च विवरण सरकारले सार्वजनिक गर्नुपर्ने व्यावस्था पूरा नभएकोले प्रदेशसभा अवरुद्ध गर्नु परेको शाहीले स्पष्ट पारे। 

नेता शाहीले कर्णाली सरकारले आफूहरूले उठाएको संवैधानिक त्रुटिका विषयमा सरकारले स्वीकार गरिसकेकाले अब यो विषय वहसमा नआउने समेत बताए।कर्णाली प्रदेश सभाको आइतबारको बिनियोजित विधेयक २०७५/०७६ माथि छलफल सुरु हुने कार्यसूची भए पनि प्रतिपक्ष दल नेपाली कांग्रेसले गैर संवैधानिक गरिकाले बजेट आएको भन्दै संसद अगाडि बढ्न दिएको थिएन। लगत्तै संसदको बैठक स्थगित भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.