|

धनगढी : धनगढी उपमहानगरपालिका-४ भगवती टोलमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ भने थप एकजना गम्भीर घाइते भएका छन्।
मंगलबार बिहान करिब ८:१५ बजे से१प ८३८ नम्बरको ट्रिपरले म१प ३३८० को मोटरसाइकलमा ठक्कर दिँदा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ बोराडाँडीकी ४९ वर्षीया पार्वती अवस्थीको घटनास्थलमै मृत्यु भएको हो। 

मोटरसाइकल चालक ५२ वर्षका हेमराज अवस्थीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए।
उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएकी पार्वती र घाइते हेमराज श्रीमान-श्रीमती रहेको प्रहरीले बताएको छ।
मोटरसाइकललाई ठक्कर दिने ट्रिपरका चालक र ट्रिपरलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.