|

इंग्ल्यान्डले एकदिवसिय क्रिकेटमा एेतिहासिक रेकर्ड कायम गरेको छ। मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलिया विरुद्ध एकदिवसिय क्रिकेटमा सर्वाधिक ४ सय ८१ रन बनाउँदै अहिलेसम्मकै सर्वाधिक धरै रनको स्कोर तयार पारेको हो। जवाफमा अस्ट्रेलिया २ सय ३९ रनमा अलआउट भएपछि २ सय ४२ रनको फराकिलो हार ब्योहोर्यो। जितपछि इंग्ल्यान्डले ५ खेलको श्रृंखला ३-० ले कब्जा गरेको छ।

यसअघिपनि सर्वाधिक एकदिवसिय रनको कीर्तिमान इंग्ल्यान्डकै नाममा थियो। इंग्ल्यान्डले २०१६ को अगस्टमा पाकिस्तान विरुद्ध ४ सय ४४ रनको उच्च स्कोर तयार गरेको थियो। इंग्ल्यान्डले आफ्नो इनिङमा २१ छक्का र ४१ चौका प्रहार गरेको थियो। जहाँ इंग्ल्यान्डले एतिहासिक रुपमा एकदिवसिय क्रिकेटमा ४ सय ५० रनको विशाल आँकडा पुरा गर्यो। यसअघि लिस्ट ए क्रिकेटमा ग्लोसेस्टरसायरले २००७ मा यो भन्दा बढी ४ सय ९६ रन बनाएको छ।

अस्ट्रेलिया विरुद्ध विशाल रनको स्कोर बनाउने क्रममा जोनी ब्यारिस्टो १ सय ३९ तथा एलेक्स हेलले १ सय ४७ रनको सानदार सतकीय पारी खेले। दुवैले समान ९२ बलको सामना गर्दे क्रमश १५ चौका र ५ छक्का तथा १६ चौका र ५ छक्काको सामना गरेका थिए। उसका लागि थप स्कोरका रुपमा ज्यासन रोयले ८२ तथा इयान मोर्गनले ६७ रनको स्कोर तयार गरे। अस्ट्रेलियाका लागि मार्कु स्टोनिसको ४४ रन सर्वाधिक रह्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.