|

काठमाडौं : संघीय संसदले संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलि बहुमतले पारित गरेको छ। शुक्रबार बसेको संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलि बहुमतले पारित गरेको हो।

नियमावलि मस्यौदा समितिका संयोजक कृष्ण भक्त पोख्रेललेले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलि पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। साथै समितिहरुमा समावेशी समानुपातिक प्रनिनिधित्व सुनिश्चित गर्ने व्यवस्था सहितको नियमावलिलाई बहुमतले पारित गरेको छ।

नियमावलि मस्यौदामा सांसदहरू बिमला बिक, दुर्गा पौडेल र प्रेम सुवालले संसोधन प्रस्ताव दर्ता गराएका थिए। मस्यौदा समितिका सभापति पोख्रेलले समितिहरूमा महिला दलित जनजाति सबैको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने प्रावधान राख्न स्वीकार गरेपछि सांसद बिकले संसोधन प्रस्ताव फिर्ता लिए। सांसद दुर्गा पौडेलको संसोधन प्रस्ताव सर्वसम्मतिले  र प्रेम सुवालको संसोधन प्रस्ताव वहुमतले अस्वीकृत भएको थियो।

यसअघि मस्यौदाको दफाबार छलफलमा सहभागी हुदै सांसद पुष्पा भुसालले सबै समितिहरूमा समावेशी समानुपातिक प्रतिनिधित्व रहनेछ भन्ने व्यवस्था राख्न सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.