|

विश्वकपमा शनिबार भएको पहिलो खेलमा गोलको वर्षा भएको छ। बेल्जियम र ट्युनिसियाबीच भएको खेलमा रुसमा जारी विश्वकप २०१८ मा एकै खेलमा सबैभन्दा बढी गोल भएको हो। बेल्जियम र ट्युनिसियाबीच भएको खेलमा जम्मा ७ गोल भएका हुन्।

बेल्जियमको दबदबा रहेको खेलमा ट्युनिसिया ५-२ ले पराजित भयो। यो जीतसँगै बेल्जियम नकआउट चरणमा पुगेको छ। 

बेल्जियमका इडेन हजार्डले पेनाल्टीमार्फत खेलको छैठौँ मिनेटमा गोल गरेका थिए। जसलाई बेल्जियमकै रोमेरु लुकाकुले १६औँ मिनेटमा त्यसलाई दोब्बर पारे। त्यसको दुई मिनेटपछि ट्युनिसियाका डायलन ब्रोनले १८ औँ मिनेटमा गोल गरेका थिए। त्यसपछि बेल्जियमका लुकाकुले पहिलो हाफको इन्जुरी समयमा, हजार्डले ५१औँ मिनेटमा र एम ब्याट्सुयीले ९०औँ मिनेटमा गोल गरेका थिए। ट्युनिसियाका लागि बहजी खजिरीले दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए। 

खेलको म्यान अफ द म्याच हजार्ड भएका थिए। 

यो जीतसँगै बेल्जियमको अपराजित यात्रा जारी रहेको छ। यता समूहचरणका दुई खेलमा पराजित भएको ट्युनिसिया भने समूह चरणबाटै घर फर्किने निश्चित भएको छ।

आजै दक्षिण कोरिया र मेक्सिको तथा जर्मनी र स्वीडेनको खेल हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.