|
फाइल फाेटाे

काठमाडौं : पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ। आइतबार महानगर प्रमुख मानवहादुर जिसीले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सहितको बजेट नगरसभामा पेश गरेका हुन्। 

पूर्वाधार विकासमा दुई अर्ब २३ करोड, वातावरण तथा विपद् व्यवस्थापनमा ३५ करोड ५१, सामाजिक विकासमा ८५ करोड ४५ लाख रुपैयाँको बजेट पेश गरिएको छ। सामाजिक सुरक्षा भत्तामा ५३ करोड ८० लाख, प्रशासनिक खर्चमा एक अर्ब ३२ करोड रूपैयाँ विनियोजन गरिएको छ।

 संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ३० करोड ६१ लाख २६ हजार २ सय ५६ रूपैयाँ विनियोजन गरिएको छ । महानगरस्तरिय कार्यक्रम संचालनको लागि ५० करोड रुपैयाँ विनीयोजन गरिएको छ। 

नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ६१ करोड ४४ लाख, सर्शत अनुदान १ अर्व २० करोड ४२ लाख, समपुरक ६ करोड, विशेष अनुदान १५ करोड, राजश्व वाँडफाँड वापतको ३४ करोड ६५ लाख रहेको छ।

त्यस्तै प्रदेश सरकारवाट महानगरलाई प्राप्त हुने वित्तिय समानीकरण अनुदान २ करोड ७४ लाख, राजश्वाट वाँडफाँडको ३ करोड २९ लाख ८८ हजार ३ सय ९० रहेको छ। महानगरको आन्तरिक आय १ अर्व ६९ करोड ९० लाख ३० हजार तथा नगद मौज्दात ५० करोड बजेटका स्रोतको अनुमान छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.