|

काठमाडौं : निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजाप्रति गम्भिर आशंका व्यक्त गरेको छ। प्याब्सनका महासचिव राजेन्द्र बानियाँले सरकारले सार्वजनिक गरेको एसर्ईई परिक्षाको नतिजा विश्वसनीय नभएको आरोप लगाएका हुन्।
उनले सामुदायिक विद्यालयहरुलाई नम्बर थपेर परिक्षाको नतिजा आएको भन्दै आपत्ति पनि जनाए।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव बानियाले सरकारलाई निःशुल्क शिक्षाको व्यवस्था गरेर देखाउन पनि चुनौति दिए।  सरकारले निःशुल्क शिक्षाको कुरा गरेर निजी क्षेत्रका विद्यालयहरुलाई अपमान गरेको महासचिव बानियाको दावी छ ।

कार्यक्रममा उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले एसईई परिक्षाको नतिजा खस्कनुमा सरकार दोषी रहेको आरोप लगाए। उनले परिक्षा प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

प्याब्सन र हिसानले विद्यालय तहको शिक्षालाई निःशुल्क गराउने सरकारको योजनाको बिरोध गर्दै आएका छन्। उनीहरुले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरेर देखाउन पनि सरकारलाई चुनौति दिने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.