|

सुर्खेत : प्रदेश एफएम नेटवर्क र कर्णालीका सवै एफएम रेडियोहरूमार्फत सोमबारदेखि ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु भएको छ। मुख्यमन्त्री र जनतावीच छलफलको वातावरण बनाउँन भन्दै जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरिएको हो।

कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालय र प्रदेश एफएमको सहकार्यमा कर्णालीका ४० वटा एफएम रेडियोहरूबाट प्रशारण गरिएको हो। कार्यक्रम वोल्दै मुख्यमन्त्री शाहीले कर्णाली सरकारले प्रदेशको नाम र राजधानी तोक्नु मुख्य उपलब्धि भएको बताए। सरकार गठन भएको ५ महिनाभित्र कर्णालीको विकासका लागि जग बसालिएको शाहीले बताए।

राज्यले अहिलेसम्म पनि कर्णालीलाई हेर्ने सोचाइमा परिवर्तन नगरेको बताउँदै कर्णालीलाई विशेष महत्व दिन केन्द्र सरकारसँग जोड्दार माग गरिएको शाहीले बताए। प्रत्यक्ष रुपमा स्रोताले फोन, फेसबुक, इमेल, भाइबरबाट प्रश्न गर्न सक्ने गरी व्यवस्था गरिएको थियो।

प्रश्न गर्नेहरूले कर्णालीको बहुमूल्य जडिबुटीका रुपमा रहेको यर्सा गुम्बाको संकलन र बिक्री वितरण, कर्णाली नदीबाट जलविद्युत निकाल्ने तथा उत्तरी नाका खोल्ने र सडकमा सबैको पहुँच बनाएन जस्ता कुरामा मुख्यमन्त्रीलाई जिज्ञासा राखेका थिए। त्यसैगरी जनयुद्ध कालमा कारोबार भएका जग्गाको रजिष्ट्रेसनका बारेका समस्या तथा जुम्लाको खस भाषाको बारेमा पनि जिज्ञासा राखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.