|
फोटो : विवेक बस्याल

काठमाडौं : फिल्म ‘बुलबुल’ निर्माण हुने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। विनोद पौडेलको डेव्यू निर्देशन रहने फिल्ममा स्वस्तिमा खड्काको मुख्य भूमिका रहने छ। फिल्ममा स्वस्तिमा टेम्पो चालकको भूमिकामा देखिने छिन्।

निर्देशक पौडेलकै कथा तथा पटकथा समावेश फिल्ममा स्वस्तिमाका अलवा मुकुन्द भुसाल, लक्ष्मी वर्देवा, दीपक क्षत्री, उज्वल अधिकारी, आशिका पाण्डेलगायतको पनि अभिनय रहनेछ। राजधानीमा टेम्पो चलाएर जीविकोपार्जन गर्ने एक अविवाहित युवतीको कथा यस फिल्मले बोल्नेछ।

शुसन प्रजापतिको छायांकन रहने यस फिल्मलाई राजु पौडेल, पुरुषोत्तम पाण्डे, अविरल थापा र भिम थापाले संयुक्त रूपमा निर्माण गर्दै छन्। हाल फिल्मको वर्कसप चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.