समूहको बी को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश

|

काठमाडौं : रुसमा जारी विश्वकप २०१८ को समूह बी बाट पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ।

मंगलबार बिहान सकिएको खेलमा इरानसँग १-१ गोलको बराबरी खेलेसँगै क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल नकआउट चरणमा पुगेको हो। समूहको उपविजेता बन्दै पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको हो। स्पेन र पोर्चुगलको समान पाँच पाँच अंक थियो त्यसपछि गोलका आधारमा शीर्ष स्थानको निर्णय भएको हो।

पोर्चुगलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिएको थियो। पोर्चुगलका लागि रिकार्डो करिश्माले ४५औँ मिनेटमा गोल गरेर अग्रता लिएका थिए। जसलाई इरानका करिम अन्सारीफार्डले खेलको निर्धारित समयको सकिएपछि थपिएको समयको तेस्रो मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
खेलको म्यान अफ द म्याच रिकार्डो भए।

रोनाल्डो चुके पेनाल्टीमा

इरानविरुद्ध पोर्चुगलले पाएको पेनाल्टीमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो चुकेका छन्। पोर्चुगलले खेलको ५६औँ मिनेटमा पाएको पेनाल्टी हान्न रोनाल्डो गएका थिए जसलाई इरानका गोलकिपर अलि बेइरानभान्डले रोकेका थिए। उनले एक पहेँलो कार्ड पनि खाएका थिए।

यस समयका महान् खेलाडी मानिने रोनाल्डो पेनाल्टीमा चुक्ने दोस्रो खेलाडी हुन्। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले जारी विश्वकपको आफ्नो पहिलो खेलमा आइसल्यान्डविरुद्ध पाएको पेनाल्टीमा चुकेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.