हुलमुलमा काम गर्दा हराएको जस्तो लाग्यो

|

काठमाडौं : पछिल्लो समय फिल्म क्षेत्रमा रुचाइएकी नायिका हुन्, आँचल शर्मा। डेब्यु फिल्म 'नाई नभन्नु ल ४' बाट नै चर्चामा रहेकी आँचलको धेरै फ्यान फलोअर्स छन्। बुधबार आँचल र आकाश श्रेष्ठ अभिनित फिल्म ब्ल्याकको ट्रेलर रिलिज गरिएको छ।

आँचलको प्रदर्शनमा आएको पछिल्लो फिल्म 'शत्रु गते' हो। यस फिल्ममा उनले धेरै कहलिएका स्टारहरू काम गर्ने मौका पाएकी थिइन्। शत्रु गते बक्स अफिसमा सफल भयो। त्यसको क्रेडिट आँचलमा आएन।

तर, आँचल उक्त फिल्ममा आग्रज कलाकारहरूसँग काम गर्न पाएकोमा खुसी भएको बताउँछिन्। 'शत्रु गतेमा धेरै अग्रज कलाकारहरूसँग काम गर्ने अवसर पाए त्यो खुसीको कुरा हो', उनी भन्छिन्, 'यस फिल्मले मेरो करिअरमा ठूलो सहयोग पुर्‍याएको छ।'

तर, आँचलको कुरा आफैँमा बाजिएको थियो। फिल्मले आफूलाई सहयोग पुर्‍याएको भए पनि अब भने धेरै स्टार भएको फिल्ममा काम नगर्ने उनको तर्क थियो। उनले भनिन् 'शत्रु गतेको हुलमुलमा काम गर्दा आफू हराएको जस्तो लाग्यो। दर्शकले मलाई त्यती नोटिस गर्नुभएन। अब भने म हुलमुलमा काम गर्दिनँ।'

आँचल अहिले कुनै फिल्ममा आबद्ध छैनन्। उनी राम्रो फिल्मको प्रतीक्षामा रहेको बताउँछिन्। भन्छिन् 'अब म डाढे भएको छु। सोलो मेन क्यारेक्टर पाए भने मात्र फिल्म गर्छु। जसको सिधा जस मलाई मिलोस्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.