|

ओखलढुंगा : बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। लिखु गाउँपालिका ७ का ६० वर्षीय भक्तबहादुर श्रेष्ठले ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्। बिहीबार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा बालिकालाई जबरजस्ती करणी गर्ने प्रयास गरिरहेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरी प्रहरीमा बुझाइएको हो।

परिवारका सदस्य कोही नभएको मौका पारेर श्रेष्ठले बालिकालाई जबरजस्ती गरिरहेको अवस्थामा भेटेर प्रहरीलाई बुझाएको पीडित बालिकाको परिवारले जानकारी दिएको छ। पीडक श्रेष्ठलाई अहिले अनुसन्धानका लागि नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनन्तराम शर्माले जानकारी दिए।  बालिकाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.