|

दुनै : डोल्पाको भित्ती–मोतीपुर सडकखण्ड अवरुद्ध भएपछि सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। अवरुद्ध सडकखण्ड नखुलेपछि खसिरहेको पहिरोमुनिको सानो बाटोबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

ठूलीभेरी नगरपालिकाको बागडाँडामा पर्ने दश मिटर सडक पहिरोले पुरेपछि भित्ती–मोतीपुर सडक करिब तीन सातादेखि अवरुद्ध भएको हो। सुँपानीदेखि दुनैसम्म यातायात हुने मुख्य सडकनै अवरुद्ध भएपछि सर्वसाधारणहरु भित्ती–जुफालसम्मको जोखिमपूर्ण सडकबाट गाडीको यात्रा गर्न बाध्य भएको ठूलीभेरी नगरपालिका, मोतीपुरका स्थानीय अमर कठायतले बताए।

सडक अवरुद्ध भएपछि बैकल्पि मार्गबाट करिब दर्जन जीपले जोखिमपूर्ण रुपमा यात्रु ओसारपसार गरिरहेका छन्। भित्ती–मोतीपुर सडकखण्ड अवरुद्ध भएपछि भित्तीबाट जुफाल हुँदै पुनः मोतीपुरसम्म जीप सञ्चालन हुँदै आएको छ। उक्त रुटको बाटो साँघुरो र जोखिमपूर्ण रहेको गाडी चालक सुशील कठायतले बताए।
सडक अवरुद्ध भएपछि डोल्पामा दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि घोडा तथा खच्चड प्रयोग गरिँदै आएको छ। तर, सडकको दूरावस्थाका कारण घोडा र खच्चडलाई पनि आवतआजवतमा समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ।

नगरको बेवास्ता

वर्षातका कारण करिब तीन सातादेखि सडक अवरुद्ध भए पनि स्थानीय सरकारको वास्ता नगरेको सर्वसाधारणको गुनासो छ।

अवरुद्ध सडक खुलाउनेतर्फ कुनै पनि निकायको ध्यान जान नसेको स्थानीयको भनाइ छ। सडक नखुलेपछि सर्वसाधारणहरु पैदल र गाडीबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.