|

सिन्धुली : स्थानीय सरकार गठन भएको १४ महिना पुगिसक्दा पनि सिन्धुलीका चार गाउँपालिकामा अझै बैंकिङ सेवा पुग्न सकेको छैन। अहिलेसम्म पनि बैंकको शाखा सञ्चालन हुन नसक्दा घ्याङलेख गाउँपालिका, फिक्कल गाउँपालिका, हरिहरपुरगगढी गाउँपालिका र तीनपाटन गाउँपालिकाका सेवाग्राही बैंकिङ कारोबारका लागि सदरमुकाम धाउन बाध्य भएका छन्।

बैंक संचालनका लागि गाउँपालिकाको केन्द्र रहेको हायुटार वस्तिपुरमा बैंकले घर छनोट गरेर सम्झौता गरी सकेको तर बैंकको शाखा संचालनका लागी भने ढिलाई गरीरहेको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताए।

फिक्कल गाउँपालिकामा २, ४ दिनमा प्राइम बैंकले शाखा संचालन गर्ने भने पनि अहिलेसम्म बैंक संचालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बताए।

हरिहरपुरगगढी गाउँपालिका र तीनपाटन गाउँपालिकामा भने बैंक शाखा पुगिसकेको छ, तर कारोवार भने सुरु भएको छैन्। हरिहरपुरगगढी गाउपालिकामा बैंकले व्यवस्थापनको काम गरिरहेकाले कारोवार संचालन हुन ढिला भएको अध्यक्ष कार्साङ तामाङले बताए।

तीनपाटन गाउँपालिकामा भने व्यक्तिगत कारोवार संचालन भइसकेको र सरकारी कार्यालयको कारोवार साउनदेखि संचालन गर्ने बैंकले जानकारी दिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.