नागरिक भन्छन्  'आफ्नै लागि मात्र गरे'

|

दाङ : स्थानीय तहमा जनप्रतिनिधिहरु आएको पनि एकवर्ष पूरा भएको छ। झण्डै २० वर्षको अवधिमा जनप्रतिनिधिहरू नहुँदा कर्मचारीले स्थानीय निकाय सञ्चालन गर्दै आएका थिए। 

जनप्रतिनिधिहरू स्थानीय तहमा आएपछिको यो एक वर्षका अवधिमा विकास र सुशासनले गति लिएको दावी उनीहरूको छ। तथापि जनशक्ति र ऐन कानुन नहुँदा आफूहरूलाई काम गर्न समस्या भएको उनीहरू बताएका छन्। १० वटा स्थानीय तह भएको दाङका जनप्रतिनिधिहरूले निर्वाचित भएर आएको एक वर्षमा जनताको विश्वास लिने काम गरेको जनप्रतिनिधिहरूको भनाई छ।

निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यान्वयनमा लागिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख धनश्याम पाण्डेले बताए। जे बोलिएको थियो मतदाताको माँझमा त्यो पूरा गर्न लागिएको पाण्डेले बताए। आफूहरूको मुख्य समस्या भनेको दक्ष जनशक्ति र ऐन कानुन नहुँदा काम गर्न समस्या भएको छ। त्यस्तै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले यो अवधिमा खानेपानी, स्वास्थ्य विद्युत, नयाँ सडकको ट्रयाक खोल्ने, बैकल्पिक मार्गको निर्माण गरेको बताए। यस अघि नगरपालिका र गाबिसहरूलाई मिलाएर उपमहानगरपालिका मिलाएर उपमहानगर भएकाले पनि संरचनागत रुपमा कर्मचारी व्यवस्थापनमा समस्या भएको चौधरीले बताए। 

उता शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले पनि गाउँपालिकामा धेरै विकास निर्माण तथा शिक्षा स्वास्थ्य क्षेत्रमा निर्वाचनको बेला आफूहरूले जनता सामु गरेका बाचाहरू पूरा गरेको बताए। उनले आफूले साविको गाउँ विकास समिति हुँदा पनि अध्यक्ष भएर काम गरेकाले काम गर्न सहज भएको बताए। त्यस्तै निर्वाचनको बेला जनता सामु गरिएका प्रतिवद्धताहरू विभिन्न चरणमा पूरा गर्दै आएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए।

तुरुन्त लागू गर्न सकिन।  दीर्घकालीन योजनावद्ध रुपमा ५ वर्षसम्म पूरा गर्न सकिन र ५ वर्ष भन्दा लामो समयसम्म लाग्नेलाई जग बसाली काम गर्ने योजना बनाइएकाे छ,'  प्रमुख केसीले भने, 'पहिलो प्राथामिकतामा हामीले निर्वाचन हुने वितिकै हामीले सुशासन कायम गर्ने प्रतिवद्धता गरेका थियौं। त्यो काम चाहिँ हामीले निर्वाचन भएको ५/५ महिनापछि पूरा गर्‍याैँ।'  यता स्थानीयले भने जनप्रतिनिधिले आफ्नो सेवा सुविधाबाहेक अरु कुनै जनताको सेवा सुविधा नगरेको गुनासो गरेका छन्।

एक वर्षको यो अवधिमा नागरिकले अनुभूति गर्ने खालको काम नभएको शान्तिनगर २ का निर्मल न्यौपानेले बताए। न्यौपानेले सिंहदवारको अधिकार गाउँ गाउँसम्म भन्ने नारा नारामै सीमित भएको बताए। त्यस्तै शान्तिनगर ४ का तिलकराम कँडेललाई पनि सिंहदरवारको अधिकार गाउँसम्म अझै आई नपुगेको लागेको छ। हरेक कामको लागी जिल्ला प्रशासन, इलाका प्रशासन जानु पर्ने बाध्यता अझै नहटेको कँडेलको भनाई छ। त्यसैले सिहंदरवारको अधिकार गाउँ गाउँसम्म भन्ने नारा नारामा समिति नभई कार्यान्वयन हुनु पर्ने नागरिकको चाहना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.