|

गुल्मी : जिल्लाको धुर्कोट गाउँपालिका-४ जैसीथोकमा कृषि प्राविधिक शिक्षा संचालन भएको पाञ्चायन माध्यमिक विद्यालयलाई स्क्रिन हाउस प्रविधिसहित १४ लाख नौ हजार रुपैयाँ बारबरको साम्रागी हस्तान्त्रण गरिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गुल्मीले कृषि प्राविधिक शिक्षा संचालनअन्तर्गत संरचना र साम्रागी विद्यालयलार्इ हस्तान्तरण गरिएको परियोजना गुल्मीका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए। दवाडीका अनुसार प्राविधिक कृषि शिक्षा संचालन भएका विद्यालयलाई प्रयोगात्मक सीप सिकाउन उक्त प्रविधि हस्तान्त्रण गरिएको हो।

संरचना र प्रविधि हस्तान्तरणका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले विद्यार्थी र विद्यालयले प्रविधिलार्इ भरपुर प्रयोगमा ल्याई ज्ञान हासिल गर्न आग्रह गरे। यस्तै गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले कृषि र पशुपालनका निम्ति गाउँपालिकाले थुप्रै कार्यक्रमहरू ल्याएको भन्दै विद्यालयसँग पनि सहकार्य गरेर जान सकिने बताए। वरिष्ठ कृर्षि विकास अधिकृत चक्रपाणी पन्थीले गाउँको उत्पादनलाई जोड दिन आग्रह गरे।

त्यस्तै प्रविधि हस्तान्त्रणले प्रयोगात्मक र आधुनिक कृषि प्रणालीका विषयमा सहज रूपमा ज्ञान आर्जन गर्न सकिने कक्षा १० मा अध्यनरत छात्र ज्ञानप्राद भण्डारीले बताए। विद्यालयलार्इ आधुनिक प्रविधि हस्तान्त्रणसँगै व्यवसायिक कृषि खेतीतर्फ यस क्षेत्रका युवाको आकर्षण बढ्ने कक्षा १० मा नै अध्ययनरत छात्रा नविना घिमिरेको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.