|

जाजरकोट : अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्म कैदको सजाय गरिएको छ। नलगाड नगरपालिका- १ की १९ वर्षीया किशोरी सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो।

जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित जन्मकैदको सजाय सुनाएको हो। शिव व्यवसायिक माध्यमिक विद्यालय कालेगाउँमा कृषि जेटिएमा अध्ययनकालागि भेरी नगरपालिका-१ रावत गाउँमा बस्दै आएकी थिइन्। प्रहरीका अनुसार डेरामा बस्ने क्रममा अवैध रुपमा गर्भवती भएकी किशोरीले गत बैशाख २६ गते बच्चा जन्माएकी थिइन्। उनले उक्त बच्चाकाे हत्या गरेर प्लाष्टिकको थैलोमा पोको पारेर भेरी नदीमा फालेँकी थिइन्। 

घटना लगत्तै सवितालाई प्रकाउ गरी पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान थालिएको थियो। जिल्ला अदालतको फैसलापछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी रविन्द्रबहादुर सिंहले जानकारी दिए।

अरोपितले पाए सफाई

बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकले सफाई पाएका छन्। जाजरकोट खलंगाकी एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेका जुम्ला तिला गाउँपालिका-८ का २५ वर्षीय विर्खबहादुर थापाले सफाई पाएका हुन्। 

जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले आरोपित थापालाई निर्दोष ठहर गर्दै सफाई दिएको हो। आरोपितलाई गत चैत्र २५ गते पक्राउ गरिएको थियो। बलात्कार गर्नेले नै बयान फेरेपछि थापाले सफाई पाएका हुन्। जाजरकोटमा पछिल्लो समय बलात्कारका घटनामा सुरुमा उजुरी दिने भएपछि पैसाको लेनदेनमा पीडितले नै मुद्दा गर्न थालेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.