|

वीरगन्ज : झापाको साविक सुरुङ्गा गाविस-८ हालको शरणामति गाउँपालिका-७ का धर्मानन्द उप्रेती पर्सामा पक्राउ परेका छन्। उप्रेतीलाई जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी टोलीले लागुऔषधसहित पर्सामा पक्राउ गरेको हो।

दुई/तीन किसिमको तयारी अवस्थाको लागुऔषध लिएर भारतको रक्सौलदेखि उत्तर नेपालको वीरगन्जतर्फ आइरहेको समयमा उप्रेतीलाई वीरगन्ज महानगरपालिका  १६ इनर्वा चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनको साथबाट लागुऔषध डाइजिल्याव २० पिस, नुर्फिन २० पिस, फेनारगन २० पिससहित नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए। लागु औषधसहित पक्राउ परेका उप्रेतीलाई लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान र कारबाही भइरहेको प्रहरीको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.