|

वीरगन्ज : हिन्दु राष्ट्र ब्युताउन संगठन विस्तार गरिरहेको हिन्दू परिषद् नेपाल केन्द्रीय कमिटीले वीरगञ्जमा प्रशिक्षण सञ्चालन गरेको छ। एक दिने प्रशिक्षणमा केन्द्रीय कमिटी, प्रदेश–२ कमिटी, नारायणी अञ्चल कमिटी र बारा तथा पर्सा जिल्लाका संगठित सदस्यहरुलाई प्रशिक्षण दिइएको हो। सो प्रशिक्षण कार्यक्रममा कुल ५०० संगठित सदस्यहको सहभागिता रहेको आयोजकले जनाएको छ। 

प्रशिक्षणका क्रममा केन्द्रीय अध्यक्ष  सन्तोष पटेलले पाँच वर्षभित्र नेपाल पुनः हिन्दू राष्ट्र घोषणा हुने दावी गरे। संगठित सदस्यहरुलाई थप ऊर्जा प्रदान गर्न गरिएको प्रशिक्षण कार्यक्रममा शासन व्यवस्था जे होस्, नेपाल पुनः हिन्दू राष्ट्र हुनु पर्छ भन्ने नारासहितको कार्यक्रममा प्रशिक्षण दिइएको अध्यक्ष पटेलले बताए।

‘राजनीति जुनसुकै होस्, सरकार जो सुकैले चलाओस् त्यो सँग हामी मतलब राख्दैनौं।' उनले भने, 'तर हामी हिन्दू राष्ट्र घोषणा हुनुपर्छ भन्ने मान्यता साथ संगठन विस्तार र संगठन विस्तारमा लागेका छौ।’ पूर्वको झापादेखि नवलपरासीसम्म संगठन विस्तार गरिरकेको र अब थप जिल्लामा संगठन विस्तार गर्ने अभियानमा रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.