|

ओखलढुंगा : ओखलढुंगामा अत्याधिक रक्त स्रावका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ। खिजिदेम्बा गाउपालिका ९ घुन्साका २१ वर्षीया छोचिन शेर्पाको अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको हो।

आइतबार बिहान घरमै छोरी जन्माएकी शेर्पाको साल अड्किएर लगातार रक्त स्राव भएको बताइएको छ। वर्षाको समयमा निरन्तर पानी परिरहेको र अस्पतालसमेत टाढा भएकाले उपचार नपाएर उनको घरैमा मृत्यु भएको स्वास्थ्य स्वयंसेवीका आङ फुर्लु शेर्पाले बताइन्।

स्वयंसेवी शेर्पाका अनुसार शिशुको अवस्था भने सामान्य छ। खिजिदेम्बा गाउपाँलिकाको घुन्साबाट खिजिफलाटे स्वाथ्य चौकी पुग्न ४ घन्टाको बाटो हिड्नु पर्दछ। शेर्पालाई यातायातको असुविधाका कारण समयमा अस्पताल पुर्‍याउन नसकिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.