|

दाङ : प्रदेश १ लाई चिनाउन देशभर साइकल यात्रा गरिरहेका ओमप्रकाश बानियाँ दाङ पुगेका छन्। सोमबार उनी दाङ आइपुगेका हुन्। मुलककै गहनाका रूपमा रहेका पर्यटकीयस्थल नेपालमा भएकाले तिनीहरूलाई थप प्रोत्साहन गर्नसके मुलुकको समृद्धिमा टेवा पुग्ने बानियाँले बताए।

यात्री बानियाले भने, ‘प्रदेश १ मा बिश्वकै अग्लो शिखर सगरमाथा, पाथिभारा मन्दिर, नेपालकै होचो ठाउँ केचना छन्। ती पर्यटकीय स्थललाई चिनाउनका लागि थप प्रोत्साहन गर्न साइकलबाट देशभरको यात्रा गरिरहेको  छु।’ उनले शान्ति, समृद्धि र स्थायित्वको नारालाई स्थापित गर्न पनि देश दौडाहामा रहेको बताए। बानियाँले भने, ‘प्रदेश १ को बराह क्षेत्र नगरपालिकाले पर्यटन विकासमा  बजेट समेत छुट्याएको छ।’ सुनसरीदेखि यात्रा सुरु गरेका २७ वर्षीय बानियाँले सोमबारसम्म ४० वटा जिल्ला पार गरी दाङ पुगेका हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.