|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आमरण अनसनरत वरिष्ठ चिकित्क गोविन्द केसीको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग माग गरेको छ।

पार्टीका अध्यक्ष कमल थापाले समग्र चिकित्सा क्षेत्रको सुधारको माग गर्दै पछिल्लो पटक पुनः आमरण अनसन बस्नु भएका वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग माग गरेका हुन्।
 
उनले  वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकारलाई सकारात्मक बनिदिन पनि आग्रह गरे। मंगलबार काठमाडौंमा आयोजित पार्टीका पदाधिकारी तथा प्रदेश कार्य समितिका अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले छोराको हत्यारालाई कार्वाहीको माग गर्दै आमरण अनसनरत गंगामाया अधिकारीलाई न्याय दिलाउने कार्यमा ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

अध्यक्ष थापाले जुम्लामा आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीसँग विगतका सरकारहरुले सहमति गर्ने तर कार्यान्वयन गर्ने नगरेकोपनि स्मरण गराए।  राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको राम्रो कामलाई समर्थन गर्ने र नराम्रो कामको विरोध गर्ने नीति लिएको पनि स्पष्ट पारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.