|

काठमाडाैं : मैथिली भाषाको चलचित्र ‘प्रेमक बसात’को राजधानीमा एक कार्यक्रम ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ।

भारतको मुम्बईमा निर्माण भएको ‘प्रेमक बसात’ एउटा प्रेम कथामा आधारित चलचित्र हो। हिन्दु मुश्लिमले एक अर्कासँग विहे गर्दा आइपर्ने समाजिक समस्यामा आधारित चलचित्रमा नेपालका मोडल पियूष कर्णको मूख्य भूमिका रहेको छ भने सह कलाकारको रुपमा कल्कत्ताकी चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छिन्। भारतका चर्चित गायक आदित्य नारायण र तोचि रैनाले मैथिली चलचित्रको गीतमा पहिलोपटक आवाज भरेका छन्। वेदान्त झाले निर्माण गरेको चलचित्रको रुपक सरारले निर्देशन गरेका हुन् भने रुपक सरर लेखेको चलचित्रलाइ संगित सरोज सुमन, प्रवेश मल्लिक, एस.कुमारले दिएका छन्।

जेएनके इन्टरटेन्टमेन्टको ब्यानरमा एक करोड लगानिमा तयार भएको चलचित्र लाइ नेपालका विभिन्न शहरसहित भारत, दुबई, कतार अष्ट्रेलिया लगायतका देशमा एकैसाथ रिजिल गर्ने तयारी रहेको निर्माण युनिटले जानकारी गरेको छ। आगामी अगस्ट १ तारिखमा काठमाडौँमा बिशेष च्यारिटी शो गरिने भएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.