|
फोटो रासस

काठमाडौं : प्रधानमन्त्री तथा  मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा  मन्त्री तथा सचिबहरुको संयुक्त बैठक चलिरहेको छ। आजको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरूको कार्ययोजनाबारे सोधपुछ गर्ने बताइएको छ। बैठकमा  विभिन्न समयमा मन्त्रीहरूले गरेका काम कारबाही र तिनबाट उत्पन्न विवादबारे पनि प्रधानमन्त्रीले जानकारी लिने निकट सूत्रले बताएका छन्।

सञ्चारमन्त्री गोकुल बाँस्कोटा,  संस्कृति पर्यटन तथा  नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी ,  कृषिमन्त्री खनाल, भौतिक योजना मन्त्री महासेठ , बाणिज्य मन्त्री यादव, गृहमन्त्री थापा र अर्थमन्त्री खतिवडाका काम कारबाहीलाई लिएर भइरहेका नकारात्मक टिप्पणी र उनीहरुका त्यस्ता काम कारबाहीको औचित्यमाथि समेत छलफल हुनेछ।

केही समययता सरकारका मन्त्रीहरुका काम तथा ढिलाइलाई लिएर सरकारले आलोचना खेप्नु परिरहेका कारण प्रधानमन्त्री ओलीले बिशेष जानकारी लिन लागेकाे बुझिएको छ । बैठकमा सरकारको नीति तथा, कार्यक्रम र बजेट कार्यान्वयनका लागि  गहन छलफल  गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा समृद्धि र विकासको आधार सिर्जना गर्ने गरी प्रभावकारी सेवा दिन ठोस कार्ययोजना मगाइ मन्त्री र सचिवसँग छलफल गरिएको हो। गत असार २५ गते भएको सोही प्रकारको बैठकमा प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्ण रुपले कार्यन्वयनमा जाने गरी लिखित कार्ययोजना ल्याई प्रस्तुत गर्न निर्देशन दिएका छन्। बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सबै मन्त्रालयका सचिवहरु सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.