|

महोत्तरी : सार्वजनिक धारामा पानि थाप्न गएका बेला पानि छोएको निहुँमा कुटपिट गर्ने दुई जनालाई जिल्ला अदालत महोत्तरीले कैद सजाय सुनाएको छ। गत वैशाख २५ गते बर्दिवास नगरपालिका(४ स्थित भप्सी टोलको सार्वजनिक धारामा पानी छोएको भन्दै स्थानीय ३६ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी छोरी १६ वर्षीया मनिषामाथि कुटपिट भएको थियो।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले कुटपिटमा संलग्न दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। अदालतले जातीय भेदभाव तथा कसुरमा दोषी ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना कैद र १० हजार जरिवाना सुनाएको छ।

अर्की अभियुक्त नाबालक भएकाले ३ महिना कैद सजाय तोकिएको श्रेस्तेदार रामानन्द अधिकारीले बताए। तर, १६ वर्ष नपुगेकाले एक वर्षभित्र यस्तै कसुर गरेमा योसमेत गाभेर कार्यान्वयन गर्ने गरी बालबालिकासम्वन्धी ऐनको दफा ५ (२) अनुसार सजाय स्थगनको फैसला भएको श्रेस्तेदार अधिकारीले बताए। साथै पीडितलाई २५/२५ हजार क्षतिपूर्ति भराउनसमेत अदालतलले आदेश दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.