काठमाडौं : वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ। विद्युतिय सवदाह गृहबाट उनको अन्त्येष्टि गरिएको हो। देवको...
हनुमन्ते र खस्याङ खुसुङ खोला थुनिएर डुबान

काठमाडौं : अविरल वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरीदेखि दक्षिण पश्चिम मध्यपुर थिमि- १ लोहकिल्थलीसम्मको भूभाग डुबानमा परेको छ। हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धी स्मृती बाल अस्पताल, राममन्दिर, बारही स्थान, मंगलतीर्थ,
सल्लाघारीस्थित डा. युवामुरा अस्पताल, मध्यपुर थिमिस्थित मध्यपुर थिमि अस्पतालसमेत जलमग्न भएको छ। राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था छैन।
जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ। प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भुइँतलामा बस्नेको बिजोग भएको छ। यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन्। यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ।
खस्याङ खुसुङ खोलामा आएको बाढीले मध्यपुर थिमिको राधे राधे क्षेत्र डुबानमा पर्दा सयौँ परिवार विस्थापित भएका छन्। बुधबार रातिदेखि डुबानमा पर्न थालेपछि उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।