|

काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार उत्तर कोरियाका शासक किम जोङ उनको शैलीमा चलेको आरोप लगाएका छन्।

गत मंगलबार ट्रमा सेन्टरका डा. भोजराज अधिकारीलाई गृहमन्त्रीको निर्देशनमा गृहमन्त्रालयमा लगेको र थुनेको भनाइलाई उल्लेख गर्दै सांसद सिंहले भने, 'ट्रमा सेन्टरका डा. भोजराज अधिकारीलाई गृहमन्त्रालयमा उडठाएर लगेको छ। गृहमन्त्रीजीले बुझ्नुभएको छैन कि यो जनयुद्ध काल हैन कि विभिन्न बुद्दिजिवी र पेशाकर्मीलाई अपहरणको शैलीमा अपहरण गर्ने र आतंकित पार्ने।' उनले यसबारे सरकारको जवाफ आउनुपर्ने बताए।

बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले प्राध्यापक डा. कुलप्रसाद कोइरालाको कुरा सेलाउन नपाउँदै डा. अधिकारीको 'अपहरण' गरेर आतंकित पारिएको बताए। उनले केसीका माग पूरा नगर्दै र स्वास्थ्य उपचार नगरी अर्को डाक्टरलाई आतंकित पार्ने गरिएकोमा आपत्ति जनाए।

उनले सरकारले बोल्ने र बुद्धिजिवीलाई आतंकित पारिरहेको भन्दै आपत्ति जनाए। उनले भने, 'यो किम जोङ उनको शैली बन्द हुनुपर्‍यो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.