|

वीरगन्ज : पर्साको साविक रामगढवा गाविस हालको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का जग्गाधनीहरुले आफ्नो जग्गा साविकको लगतबाट कारोबार गर्न नपाउने भएका छन्।  नापी कार्यालय पर्साले २०७२ सालको मधेश आन्दोलनताका नै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको जग्गा नापजाँच गर्ने काम गरी मालपोतमा मोढ बुझाएअनुसार अब पर्साको रामगढवावासीले नयाँ हालसाविकका आधारमा मात्र कारोवार गर्न पाउने भएका हुन्।

'अब नयाँ हाल साविकका आधारमा मात्र रामगढवावासीले जग्गाको कारोबार गर्न पाउछन् अन्यथा हुँदैन' मालपोत कार्यालय पर्साका प्रमुख गमबहादुर बिकले भने। नापी कार्यालय पर्साबाट साविक रामगढवा गाविसको नयाँ नापी गरेर नयाँ लगत  २०७२ माघमा नै मालपोत कार्यालय पर्सामा छवटा ठेली बुझाएको थियो।

मालपोत कार्यालय पर्साले सो नयाँ लगतलाई थाती राखेर साविककै लगतमा काम गर्दै आए पनि बल्ल बाटो खुलेको नापी कार्यालय पर्साले जनाएको छ। गएको शुक्रबार साविकको श्रेस्ताअनुसार नभई हालसाविक कायमअनुसार नै कार्य सम्पादन हुने भनी मालपोत कार्यालय पर्साले सूचना बाहिर ल्याएपछि बल्ल रामगढवावासीले आफ्नो जग्गा हाल साविक अनुसार कारोवार गर्न पाउने भएको मालपोत कार्यालय पर्साका प्रमुख बिकले तर्क गरे।

पछिल्लो समयमा अन्तराष्ट्रिय मापदण्ड अनुसार जग्गालाई अध्यावधिक गर्नुपर्ने भएकोले पर्साको रामगढवाका लागि पनि पहिले नै नापी गरेर मालपोत कार्यालय पर्सामा मोढ बुझाएअनुसार आगामी साउन १ गतेदेखि भने रामगढवावासीले हाल साविकका आधारमा नै आफ्नो कारोवार गर्न पाउँने उनले तर्क गरे। तर मालपोत कार्यालय पर्साले सूचना भने अझैसम्म पनि कुनै संचारमाध्यमबाट भने सार्वजनिक गरेको छैन। 

सो विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी, विभाग र सम्बन्धित निकायसहित साविक रामगढवा गाविस हालको वीरगन्ज महानगरपालिका-२४ को वडा कार्यालयलाई पनि पत्राचार गरिएकोले साउन १ गतेबाट अन्तर्राष्ट्रिय मापदण्डकै आधारमा वर्गमिटर खुलाएर कारोवार हुने मालपोत प्रमुख बिकको दावी छ। 'हाल साविक बाहेक साविकका आधारमा अब कुनै कारोबार हुँदैन' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.